हिन्दू राज्य र धार्मिक स्वतन्त्रता बनाउन सुझाव

0

ललितपुर, ४ साउन । नेपालको संविधान–२०७२ को प्रारम्भिक मस्यौदाबारेमा थालनी गरिएको सुझाव सङ्कलनअन्तर्गत अधिकांश सहभागीले नेपाललाई हिन्दू राज्य र धार्मिक स्वतन्त्रता बनाउन सुझाव दिएका छन् ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति संविधानको आज ललितपुर क्षेत्र नं १ अन्तर्गत गोदावरीमा आयोजित पहिलो मस्यौदामाथि सुझाव सङ्कलन कार्यक्रममा ती सुझाव आएको हो ।
गोदावरी नगरपालिका–४ विशङ्खुनारायण बस्ने मनोहर सिलवालले अब बन्ने संविधानमा हिन्दू राज्य राख्नुपर्ने माग राख्नु भएको हो । उहाँले ९० प्रतिशत हिन्दू धर्ममा आस्था राख्ने नेपाली जनताको चाहनाबमोजिम संविधानमा हिन्दू राज्य राख्नुपर्नेमा जोड दिइएको हो ।
आम नागरिकले भिन्नाभिन्नै किसिमका धर्म मान्ने परम्परा भएकाले संविधानमा स्पष्ट रुपमा धार्मिक स्वतन्त्रता कायम हुनुपर्नेमा उहाँको जोड रहेको छ । देशमा बसोबास गरेका नागरिक जुन कुनामा रहे पनि आफ्नो धर्म मान्न पाउनुपर्ने अधिकार भएकाले त्यसको सुनिश्चित गर्न धार्मिक स्वतन्त्रता आवश्यक रहेको उहाँले औँल्याउनुभएको थियो ।
गोदावरी नगरपालिका–९ बडिखेल बस्ने गोकुल पहरीले अब बन्ने संविधानमा स्पष्ट रुपमा धार्मिक स्वतन्त्रता उल्लेख हुनुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक मूल्य, मान्यतामा कुनै प्रकारको आँच नआउने गरी संविधानमा मौलिक हक तथा न्यायपालिका सम्बन्धमा स्पष्ट नीति बनाउनुपर्नेमा उहाँको जोड रहेको छ ।
अल्पसङ्ख्यक, दलित, सीमान्तकृत, महिला, अपाङ्गलगायतको अधिकार राज्यको प्रत्येक अङ्गमा समानुपातिक तथा प्रत्यक्ष रुपमा समावेशी ढङ्गले सुनिश्चित हुनुपर्ने पहरीले उल्लेख गर्नुभयो । अल्पसङ्ख्यक आयोग स्थापना गर्नु जरुरी रहेको उहाँको भनाइ थियो । देशलाई सङ्घीयतामा लैजाँदा बढीमा पाँच प्रदेश बनाउनुपर्नेमा पहरीले जोड दिनुभयो ।
सोही नगरपालिका–९ बस्ने पुरुषोत्तम आचार्यले नेपाललाई हिन्दू राज्य बनाउनुपर्नेमा जोड दिनुभयो । यसका साथै धार्मिक स्वतन्त्रता संविधानमा कायम गर्नुपर्द उहाँले भन्नुभयो ।
उहाँले श्रमिक वर्गको नाम र अधिकार संविधानमा सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले देशलाई बढीमा पाँच प्रदेशमा लैजान सुझाव दिनुभएको थियो । गोदावरी नगरपालिका–२ बस्ने गङ्गादेवी मूल नगरकोटीले संविधानमा धार्मिक स्वतन्त्रता र हिन्दू राज्य कायम गरिनुपर्नेमा जोड दिनुभएको छ । नागरिकता प्रदान गर्दा बाबु र आमाको ठाउँमा आमा वा बाबु लेखिनुपर्ने तर नागरिकतामा बाबुको थर राख्नुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.