एक महिनाको अवधिमा तीन बुहारीको हत्या
रौतहट, १५ साउन । रौतहट जिल्लामा गत असार महिनाको अवधिमा तीन जना बुहारीको हत्या भएको छ । बुहारी हत्याका घटनाहरु बारम्बार पारिवारिक सदस्यबाटै भएको खुलासा भएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय जटहरा गाविस–४ बस्ने साजरा खातुनलाई…
भारतीय राष्ट्रपति मुखर्जीसँग नेता देउवाको भेट
काठमाडौँ, १५ साउन । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा अपराह्न १ः०० बजे राष्ट्रपति मुखर्जी र नेता…
मलेसिया पुगेका तीनयुवा रित्तोहात फर्के
कञ्चनपुर, १५ साउन । रोजगारीका लागि दुई महिनाअघि मलेसिया पुगेका कञ्चनपुरको बेलौरी नगरपालिकाका तीन जना युवा ठगिएका छन् । ठगिनेमा नगरपालिकाको वडा नं २ का २३ वर्षीय सुरेश चौधरी, वडा नं ४ का २१ वर्षीय अनिल राना र २२ वर्षीय अमर राना रहेका छन् ।…
धर्मनिरपेक्षताबारे दिल्लीको चासो
काठमाडौं, १५ साउन । छिमेकी भारतले नेपालको नयाँ संविधानमा धर्मनिरपेक्षता राख्ने या नराख्नेबारे भइरहेको बहसप्रति चासो देखाएको छ । भारतको पाँचदिने भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री सुषमा…
अधिवेशन सर्ने हल्लासँगै कांग्रेसमा विवाद
काठमाडौं, १५ साउन । नेपाली कांग्रेसको महाधिवेशन तयारी सेलाउन थालेको छ । असोज २ गते १३ औं महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहे पनि आन्तरिक तयारी सुस्त रहेका कारण महाधिवेशन प्रभावित हुने सम्भावना देखिएको छ । वर्षा, पहिरो तथा संविधान…
कास्की पहिरोमा मर्नेको संख्या २४ पुग्यो
पोखरा, १४ साउन । कास्कीको भदौरे तामागी र लुम्लेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । बुधबार राति अविरल वर्षासँगै गएको पहिरोको कारण लुम्लेमा १९ र भदौरे तामागीमा ५ गरी २४ जनाको मृत्यु भएको हो । लुम्लेमा पहिरोले १७ घर बगाउँदा…
सौराहामा रेष्टुराँ डुबान
राप्ती नदीको बाढीले डुबानमा परेको चितवनको सौराहास्थित राप्ती नदी किनारका रेष्टुराँ र पवहरु ।
विश्वसाइकल यात्रीलाई सम्मान
नेपालको परिचय संसारभर फैलाउने भन्दै विश्वसाइकल यात्रामा निस्केका ताप्लेजुङका लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाललाई बुधबार फुकुओकास्थित हाकातामा स्वागत तथा सम्मान गर्दै ।
शीर्ष नेता सम्मिलित विशेष समिति गठन
काठमाडौँ, १४ साउन । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि जनताले दिएको सुझावलाई व्यवस्थित रुपमा सूत्रबद्ध गर्न प्रमुख चार राजनीतिक दलका नेता सहभागी रहनुभएको विशेष समिति गठन गरिएको छ ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको…
सुतिरहेकी महिलामाथि खुकुरी प्रहार
काठमाडौं, १४ साउन । सप्तरीको इनरुवास्थित फुलबडियामा एक महिलामाथि मध्यरातमा खुकुरी प्रहार भएको छ । आफ्नै घरमा सुतिरहेकी ४५ वर्षीया रोकिया खातुनमाथि खुकुरी प्रहार भएको हो । प्रहरीका अनुसार उनलाई कसले खुकुरी प्रहार गरेको हो भन्ने खुल्न सकेको…