सुतिरहेकी महिलामाथि खुकुरी प्रहार

0

काठमाडौं, १४ साउन । सप्तरीको इनरुवास्थित फुलबडियामा एक महिलामाथि मध्यरातमा खुकुरी प्रहार भएको छ । आफ्नै घरमा सुतिरहेकी ४५ वर्षीया रोकिया खातुनमाथि खुकुरी प्रहार भएको हो । प्रहरीका अनुसार उनलाई कसले खुकुरी प्रहार गरेको हो भन्ने खुल्न सकेको छैन । आफ्नै घरको बरण्डामा सुतिरहेकी खातुनलाई गएराति साढे १२ बजे खुकुरी प्रहार गरी घाइते तुल्याएको अवस्थामा उद्धार गरिएको हो । खातुनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.