धर्मनिरपेक्षताबारे दिल्लीको चासो

0

काठमाडौं, १५ साउन । छिमेकी भारतले नेपालको नयाँ संविधानमा धर्मनिरपेक्षता राख्ने या नराख्नेबारे भइरहेको बहसप्रति चासो देखाएको छ । भारतको पाँचदिने भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले उक्त चासो देखाएकी हुन्। ३० मिनेट चलेको भेटमा स्वराजले नयाँ संविधानमा धर्मनिरपेक्षता राख्ने या नराख्ने भन्ने सम्बन्धमा जारी बहसबारे पनि चासो राखेको भेटमा सहभागी देउवापत्नी आरजुले जानकारी दिइन् ।‘जनताले नेपाललाई हिन्दु राज्य नै कायम गर्न माग गरिरहेको पनि देखिन्छ। अब धर्मनिरपेक्षताबारे नेपालका दलहरूले के गर्छन् भन्ने उहाँको चासो थियो,’ आरजुले भनिन् । देउवाले संविधानमा धर्मका सम्बन्धमा के शब्दावली राख्ने भन्नेबारे छलफल भइरहेको बताएका थिए।

Leave A Reply

Your email address will not be published.