Browsing Category
देश
आठ महिनामा नौ खर्ब एकसट्ठी अर्ब भित्रियो रेमिट्यान्स
काठमाडौँ \ आर्थिक मन्दीको सङ्केत बजारमा देखिइरहँदा राष्ट्र बैङ्कको तथ्याङ्कमा भने निरन्तर सुधार देखिएको छ । व्यापार व्यवसायमा सुस्तता, व्यापारीमा निराशा बढेको तथा उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकिरहेको अहिलेको अवस्थामा पनि बाह्य…
तत्कालीन संस्कृति मन्त्री शाहीसहित ३२ विरुद्ध एक अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं \ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बिहीबार आयोगले विशेष अदालतमा पुगेर पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व…
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत
काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्नुभएको छ । बुधबार राष्ट्रपति कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
सो अवसरमा …
बजेट मस्यौदा लेखन सुरु
काठमाडौँ \ अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनीराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गर्नुभएको थियो । सहसचिव रितेशकुमार शाक्य,…
आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने छन् : प्रधानमन्त्री प्रचण्ड
ब्रसेल्स \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताउनु भयो । शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।…
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…
राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ।
द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग बुधबार सिंहदरबारमा भेट…
मन्त्रिपरिषद् बैठक : सीआईबीको नेतृत्व परिवर्तन
काठमाडौं \ सरकारले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को…
लिभिङ टुगेदरसम्बन्धी कानुन माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
काठमाडौँ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदर सम्बन्धी कानुन बनाउन आदेश माग गर्दै बिहीबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छिन् । अदालतले ०८०–डब्लुओ–०९२७ दर्ता नम्बरमा निवेदन बुझेको छ ।
निवेदनमा लिभिङ टुगेदर कानुनको अभावमा समाजमा…
ग्याल्पो ल्होसारले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा मिलोस् : राष्ट्रपति
काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक,…