जेनजी आन्दोलन पछि भंग भएको प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न भएको छ । प्रारम्भिक आकडा अनुसार ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
केहि मतदान केन्द्रमा भएका छिटपुट घटना बाहेक अधिकांश क्षेत्रमा शान्ती पूर्वक मतदान भयो । अहिले मतपेटिका मतदानस्थलबाट मतगणना स्थलमा ल्याइदै छ भने काठमान्डू लगायतका केहि स्थानमा गणना सुरु भएकोछ
। प्रत्यक्ष तर्फ शुक्रबार राति र समानुपातिक को एक हप्ता भित्र नतिजा सार्बजनिक हुने निर्बाचन आयोगको तयारिछ।
जेंजी आन्दोलनमा भएको हत्या, हिंशा तोडफोड, लुटपाट सगै सुरु भएको संवैधानिक शून्यतात,अस्थिर र अन्योल बीच सुरु भएको नयाँ राजनीतिक कोर्ष शान्तिपुर्ण र उत्साहपुर्बक जनसहभागितामा सम्पन्न भएकोमा राष्ट्रिय अन्तरास्ट्रियरुपमा खुसि व्यक्त गरिएकोछ। शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकोमा राजनीतिक दलहरु, नेपाल सरकार, जेंजी अग्वा र नागरिक समाजले खुसी साटेका छन् ।
प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन सफल गराउन भूमिका खेल्ने सबै क्षेत्रलाई धन्यवाद दिनु भएकोछ । नेपालले उन्नतिको नयाँ बाटो लिने बिश्वास व्यक्त गरिएकोछ।