गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीलाई आममाफी

0

काठमाडौं \ कैलालीको टीकापुरमा दुई वर्षे बालकसहित ९ जना प्रहरी मारिएको घटनाका मुख्य दोषी रेशम चौधरीले आममाफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिस अनुसार चौधरीको बाँकी कैद मिनाहा गर्दै आममाफी दिनुभएको हो ।

चौधरीसहित अन्य ४८२ जनाको कैद सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेको जानकारी दिनुभएको हो ।

जसमा रेशम चौधरीको नाम पनि रहेको छ । आइतबार बिहान बसको मन्त्रिरिषद्को बैठकले रेशम चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । २०७२ साल भदौ ७ गते भएको उक्त घटनामा चौधरी मुख्य दोषी ठहर भएका थिए । कैलाली जिल्ला अदातल, उच्च अदालत सुर्खेत र सर्वोच्च अदालतले समेत चौधरीलाई दोषी ठहर गर्दै आजन्म कैद सजाय गरेका थिए ।

Leave A Reply

Your email address will not be published.