नेपाल सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो ।
मन्त्रि परिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई नियुक्त गरेका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने र सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।
एनआरएनए युकेको नेतृत्वदायी भूमिका निर्बाह गरिसकेका कंडेल प्रवासको नेपाली समुदायमा परिचित अनुहार हुन्। पत्रकार महासंघ (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ) धौलागिरी शाखाको सभापति पनि निए । विसं २०५८ देखि २०६० सम्म धौलागिरी शाखाको सभापति पनि थिए ।
कँडेल रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका व्यक्ति हुन् ।