संघीय संसदकाे संयुक्त बैठक आज बस्दै

0

संघीय संसदकाे दुवै सदनको  संयुक्त बैठक आइबतार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित  गर्ने कार्यसूची रहेकाे छ ।

त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसदको बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । आइतबारै दिउँसो १ बजे दुबै संसदको नियमित बैठक पनि बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाले शनिबार नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने सरकारले बजेटको तयारी पनि गरिरहेको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । यसैबीच राष्ट्रिय सभा बैठक पनि बस्दैछ । राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेर बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.