काठमाण्डाै \ आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई आज बसेको संसद्को बैठकले पारित गरेको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको घोषणा गर्नुभयो । यसअघिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिनुभएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो १ बजे बस्ने छ । सरकारले पर्सि जेठ १५ गते आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछ ।