कांग्रेस आलोचनाबाट डराउँदैन: सभापति देउवा

0

काठमाडौं \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताउनुभएको छ । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै उहाँले त्यसको सुदृढीकरणमा सबै दलहरु लाग्नुपर्ने बेला आएको बताउनु भयो । सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढनुपर्ने बताउनु भयो । सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पुप्याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा समेत गर्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्त औल्याउँदै त्यसमा साथ दिन सबै सञ्चार संवद्ध संघ, संगठनलाई आह्वान गर्नुभयो ।

उहाँले ठूलो लगानीका सञ्चार गृहहरुले समेत श्रमजीवि पत्रकारलाई अन्य विकल्प खोज्न दबाब दिएको उल्लेख गर्दै त्यसविरुद्ध डटेर मुकाविला गर्नुपर्ने बताउनु भयो ।अध्यक्ष पोखरेलले सञ्चारमैत्री कानुन निर्माणमा ध्यान दिन सरकारलाई पनि सचेत गराउनु भयो ।

Leave A Reply

Your email address will not be published.