जेनजी प्रदर्शनमा १८ जनाको मृत्यु भए पछि, यो बिरोध प्रदर्शन सरकार बिरुद्धको आन्दोलन बन्ने पक्का

0

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार बिरुद्ध ‘जेन–जी’ (सन् १९९७-सन् २०१२ सम्म जन्मिएको पुस्ता) को विरोधले काठमान्डू लगायत देशका बिभिन्न सहर अस्तव्यस्त भएकाछन भने अहिले सम्म १८ जनाको ज्यान गैसकेकोछ , देशभरी करिब ३०० जना घाइते छन् उनीहरुको उपचार भैरहेकोछ ।

आज काठमाडौँसहित देशका मुख्य सहरमा उनीहरुले गरेको प्रदर्शनका क्रममा हिंशा भड्किएको थियो , प्रदर्शनकारीहरुलाई तितरबितर गर्न काठमाडौँमा संसद भवन, पोखराको सहिदचोक क्षेत्र, चितवनको भरतपुर नगरपालिका, इटहरी नगरपालिका, बिराटनगर प्रदेश मुख्यमन्त्रीको कार्यालय लगायतमा तोडफोड र सरकार बिरुद्ध नारावाजी गरेका थिए।

जेनजी पुस्ताको आन्दोलनमा बिपक्षी पार्टीहरुको घुसपेट भएको उनीहरुले बताएकाछन्।

सामाजिक संजाल बन्द र भ्रस्टाचार बिरुद्ध भनिएको प्रदर्शन अब सरकार बिरुद्धको आन्दोलनमा रुपान्तरण हुने देखिएकोछ।

Leave A Reply

Your email address will not be published.