नेपालबाट पुनः भारतमा विद्युत् निर्यात सुरु

0

नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ । हिउँदयाममा नदीको पानी घटेपछि गएको पुष ३ गतेदेखि बन्द भएको विद्युत् निर्यात नदीमा पानीको बहाव बढेपछि हिजोदेखि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । हिजो झण्डै ६ सय मेगावाट विद्युत् भारत पठाइएको उहाँले बताउनुभयो ।

आज प्रसारण लाइन जाँचको लागि निर्यात बन्द गरेको र भोलिदेखि पुनः नियमित निर्यात हुने उहाँले बताउनुभयो । नेपालले केही अघिसम्म दैनिक ४ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा पछिल्ला केही दिन वर्षा भएकाले उत्पादन बढेर निर्यात गर्ने अवस्थामा पुगेको भट्टराईले बताउनुभयो । तर वर्षा रोकिएमा भने उत्पादन घटेर आयात गर्नुपर्ने अवस्था आउन पनि सक्ने उहाँको भनाइ छ ।

प्राधिकरणमा अनुसार हिजो झण्डै सात रुपैयाँप्रति युनिटका दरले निर्यात भएको छ

Leave A Reply

Your email address will not be published.