Browsing Category

अन्तर्राष्ट्रिय

नाइजेरिया बन्यो डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक

एजेन्सी : नाइजेरिया डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । नाइजेरियाले डिजिटल मुद्रा ईनाइरा सार्वजनिक गरेको हो । कारोबारको खर्च र आधिकारिक वित्तीय प्रणालीमा आफ्नो सहभागिता बढाउन भन्दै डिजिटल मुद्रालाई मान्यता

सुडानमा ‘सैन्य कू’को विरोधमा प्रदर्शन, सात जनाको मृत्यु

एजेन्सी : सुडानमा ‘सैनिक कू’ को विरोधमा भएको प्रदर्शनमा कम्तीमा सातजनाको मृत्यु भएको छ । सेनाले सत्ता हत्याएपछि भएको प्रदर्शनमा करिब १ सय ४० जना घाइते भएका छन् । सत्ता कब्जाको विरोधमा प्रदर्शनमा सहभागीको भिडमा सेनाले गोली चलाएको हो ।

चीनद्वारा सीमा सुरक्षा कानून पारित, गैरकानुनी रूपमा सीमा पार गर्नेमाथि हतियार प्रयोग गर्न अनुमति

एजेन्सी : देश सीमा सुरक्षा बढाउन चीनले नयाँ कानून प्रयोगमा ल्याउने भएको छ भारतसँगको विवाद चर्चामा रहेका बेला चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून पारित गरेको हो । ७२ बर्षपछि चीनले सीमालाई कसरी सञ्चालन गर्ने भनेर पहिलो पटक नयाँ कानून

टर्कीले अमेरिकासहित दश देशका राजदूतको कुटनीतिक संरक्षण हटायो

एजेन्सी : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् । संयुक्त विज्ञप्ति जारी गरेर टर्कीका ओसमान काभालाको तत्काल रिहाइको माग गरेपछि उनले राजदूतलाई देश निकाला गर्न लागेका

काेराेनाका कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीको निधन

विश्वमा कोरोना महामारीले झण्डै १ लाख ८० हजार स्वास्थ्यकर्मी तथा कामदारको मृत्यु भएको हुनसक्ने एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष जनवरी देखि यो वर्षको मे महिनासम्म कम्तिमा ८० हजारदेखि बढीमा १ लाख ८० हजार

सेनालाई सत्ता सम्हाल्न आग्रह गर्दै सुडानमा प्रदर्शन

सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् । सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका हुन् । सुडानमा अहिले सेना र

प्राकृतिक ग्यास चीनले अमेरिकाबाट आयातमा बृद्धि गर्ने

चीनले ग्यासको आयात बढाउन अमेरिकासँग छलफल गर्ने भएको छ । प्रमुख चिनियाँ उर्जा कम्पनीहरुको लामो समयको प्रयासपछि ग्यास आपूर्तिबारे छलफल गर्न अमेरिकी कम्पनीहरु तयार रहेको रोयटर्सले जनाएको छ । दुबै पक्षबीच सहमति भए आगामी वर्षदेखि चीनले

मस्जिदमा विस्फोट हुँदा अफगानिस्तानमा ४० जना मारिए

अफगानिस्तानको एक मस्जिदमा भएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार शहरको शिया मस्जिदमा प्रार्थना भइरहेको समयमा शुक्रबार बिस्फोट भएको थियो । बिस्फोटमा परेर दर्जनौ व्यक्ति घाइते भएको बीबीसीले

लेबनानको राजधानी बेरूतमा भएको प्रदर्शनमा गोली चल्दा छ जनाको मृत्यु, ३२ घाइते

एजेन्सी : लेबनानको राजधानी बेरुतमा भएको प्रदर्शनमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरु ३२ जना घाइते भएका छन् । गत वर्ष बेरुतको तटीय क्षेत्रमा भएको ठूलो बिस्फोटका सम्बन्धमा न्यायाधीशले गरेको अनुसन्धानको विरोधमा शिया मुसलमान

नर्वेमा धनुष बाँणको आक्रमणबाट पाँच जनाको मृत्यु, दुई घाइते

एजेन्सी : युरोपेली मुलुक नर्वेको एक सहरमा धनुष वाँणको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोङ्सबर्ग सहरमा एक जनाले श्रृंखलाबद्ध तरिकाले तीर आक्रमण गर्दा उनीहरूको मृत्यु भएको हो । घटनामा दुई जना घाइते भएका छन् । घटनामा संलग्न रहेको