हिंसा अन्त्य गर्न इजरायलमाथि अमेरिकी दबाब

0

एजेन्सी : इजारायल–प्यालेस्टाइन हिंसा दोस्रो हप्तामा जारी छ । मे १० देखि शुरु भएको हिंसाका कारण हमास नियन्त्रणको गाजामा १०० भन्दा बढि महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २२७ जनाको ज्यान गएको छ । 

इजरायलले भने मारिने मध्ये कम्तीमा १५० जना हमास लडाकु रहेको दाबी गरेको छ । तर हमासले अहिलेसम्म आफ्ना लडाकु कति मारिए भनेर कुनै तथ्यांक दिएको छैन । इजरायल तर्फ दुई बालबालिकासहित १२ जनाको ज्यान गएको छ । 

यसैक्रममा अमेरिकाले हिंसा अन्त्य गरी समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथि दबाब बढाएको छ । अमेरिकाले इजारायल–प्यालेस्टाइन हिंसा रहँदा बालबालिकासहित सर्वसाधारणको ज्यान गएका बेला इजरायली प्रधानमन्त्रीमाथि दबाब बढाएको हो । 

इजरायलसँग प्यालेस्टाइनी हमास बिद्रोहीबाट हुन सक्ने चुनौतीमा आत्मरक्षाको अधिकार रहेको बताउँदै आएका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आक्रमण कम गर्न भनेका हुन् । 

बाइडेनले हिंसा कम गर्न भने पनि इजारयली प्रधानमन्त्री नेतन्याहूले भने जारी रहने बताएका छन् । इजरायली सञ्चारमाध्यमका अनुसार आफ्ना नागरिकको सुरक्षाको सुनिश्चितता नभएसम्म आक्रमण जारी रहने नेतन्याहूले बताएका छन् । 

Leave A Reply

Your email address will not be published.