इटालीमा केवलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु

0

एजेन्सी : इटालीमा केवलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।  इटालीको उत्तरी क्षेत्र स्थित माजोरे ताल नजिकैको पहाडमा केवलकार दुर्घटना हुँदा एक १४ जनाको मृत्यु भएको हो ।

केवलकार झण्डै २० मिटर तल जमिनमा खसेर आरालोमा गुड्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा अर्का एक जनामा गम्भीर घाइते भएको बताइएको छ ।

स्ट्रेसा बजारबाट यात्रुलाई आइतबार पिड्मोन्ट क्षेत्रको मोतारोनी माउन्टेन लैजाने क्रममा केवलकार दुर्घटना भएको हो । 

मृत्यु हुनेमा पाँच जना इजारायली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनाको कारण भने खुलेको छैन । 

Leave A Reply

Your email address will not be published.