विभिन्न मुलुकलाई ८ करोड डोज खोप दिने बाइडेनको घोषणा

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा विश्वको विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन् ।

अमेरिकाले यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने घोषणा गरिसकेको थियो ।

राष्ट्रपति बाइडेनले थप २ करोड खोप अन्य मुलुकलाई दिने घोषणा सोमवार राति गरेका हुन् । विश्वका अन्य मुलुकहरुको कोरोनाको संक्रमण बढ्दै जादा अमेरिकालाई पनि खतरा हुने बताएका छन् ।

अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्ड/अष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन ।

अमेरिकाले यसअघि अक्सफोर्ड/अष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो ।

बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै सहयोग नमाग्ने बताएका छन् । तर कुन–कुन मुलुकले खोप पाउँछन् भन्ने वाइडेनले खुलाएका छैनन् ।

Leave A Reply

Your email address will not be published.