वाक्य पूरा गर्न सांसदलाई हम्मेहम्मे
काठमाडौँ, २ भदौ । अधिकांश सांसदलाई सभामुखको आग्रह हुन्थ्यो “सकौं माननीय सदस्य” । सांसद्को जवाफ हुन्थ्यो “सकियो हजुर ।” यद्यपि उहाँहरुले थप एकाध मिनेट बोल्न छाड्नु भएन । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ को विभिन्न…
म्याग्दीमा उत्पादित मह जापान निर्यात
बेनी, २ भदौ । यहाँका कृषकले उत्पादन गरेको मह जापान निर्यात हुन थालेको छ । जिल्लाको बेनी नगरपालिकाको ज्यामरुककोट, पुलाचौर, घतानका साथै पात्लेखेत, भगवती, कुहँ,, भकिम्लीलगायतका गाविसका कृषकले उत्पादन गरेको मह जापान निर्यात हुन थालेको हो ।…
नागपोखरीमा सेल्फी
नागपञ्चमीको अवसरमा नक्सालस्थित नागपोखरीमा नागको मूर्तिमा पूजा गर्न जाँदा सेल्फी तस्बिर लिँदै भक्तजन ।
सामाजिक सद्भाव कायम राख्न आग्रह
बाँके जिल्लाका हिन्दू, मुस्लिम, सिख, इसाई धर्मगुरुहरुले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । प्रस्तावित प्रदेशको सीमाङ्कनको विरोधमा बाँके जिल्ला आठ दिनदेखि बन्द रहेको छ ।
भूकम्प पीडितलाई बेल्जियमबाट १९ हजार यूरो
ब्रसेल्स, २ भदौ । नेपाली दूतावास बेल्जियमले भूकम्प पीडितका लागि १९ हजार एक सय पाँच यूरो जम्मा गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार नयाँ बैंक खाता सञ्चालन गरेवापत ८ यूरो घटाएर गत जुलाई ३१ सम्म जम्मा भएको रकम प्रधानमन्त्री दैवी…
महिला जुटे मदिरा नियन्त्रणमा
पर्वत, २ भदौ । पर्वतको खानीगाउँ गाविसका महिलाले मदिरा नियन्त्रण अभियान सुरु गरेको छ । अनियन्त्रित रुपमा मदिरा बेचबिखन गर्ने तथा सेवन गर्दा महिला हिंसादेखि सामाजिक विकृतिसमेत बढेको भन्दै खानीगाउँ महिला सञ्जालले मदिरा नियन्त्रण अभियान सुरु…
सुदुरपश्चिम ठप्प, जनजीवन चौपट
काठमाडौं, २ भदौ । चितवनदेखि कञ्चनपुरसम्मको भू–भाग थरुहट प्रदेश हुनुपर्ने माग गर्दै थरुहट संघर्ष समितिले गरेको बन्द नवौं दिनमा प्रवेश गरेको छ । नौ दिनदेखिको बन्दले पश्चिमी जिल्लाहरु समेत प्रभावित बनेका छन् । सबैभन्दा बढी सर्वसाधारणको दैनिकी…
सप्तरीमा कर्फ्यु हटाइयो, तनाव कायमै
काठमाडौं, २ भदौ । सप्तरीको भारदहमा मंगलबार साँझदेखि लगाएको कर्फ्यु स्थानीय प्रशासनले हटाएको छ । मंगलबार अपरान्ह ४ बजेदेखि लगाइएको कर्फ्यु आज (बुधबार) बिहान ५ बजेबाट हटाइएको हो । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको क्रममा प्रहरीले…
एन आर एन बेल्जियमको निर्वाचन कार्यतालिका
चारदिशा सम्बाददाता, बेल्जियम,
एन आर एन बेल्जियमको आगामी कार्यकालका लागि कार्यसमितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।
अगस्त २० मा पन्जिक्रित सदस्यको नामावलि प्रकाशन गरेर सुरु हुने…