द्वन्द्वपीडितकी आमा भीख माग्दै

0

गुलरिया (बर्दिया), ७ भदौ । द्वन्द्वमा मारिएका मगरागाडी गाविस– ४ मानपुर गाउँका वसन्त थारुकी आमा फक्किया थरुनीे भीख मागेर पेट पालिरहेकी छन् । थरुनी भन्नुहुन्छ ‘‘हालसम्म न त मेरो छोरोको लास भेटिएको छ, न त सास भेटिएको छ, मलाई पाल्ने छोरा बेपत्ता भएपछि अहिले ६० वर्षको उमेरमा मैले भीख मागेर खानुपरेको छ ।’’
राज्य पक्षबाट रम्मापुर ब्यारेकस्थित नेपाली सेनाले २०५८ सालमा घरबाटै सुतिरहेको बेलामा थारुसहित पाँच जनालाई बेपत्ता पारेको थियो । उनलाई साथ दिने र लालनपालन गर्ने कोही नभएपछि उनी अहिले नेपालगन्ज बजारको बागेश्वरी मन्दिर वरपर भीख माग्दै आफ्नो पेट पालिरहेकी छन् । बर्दियामा सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका परिवार र बेपत्ता परिवार गरी करिब ४०० जनाको समस्या यस्तै छ, उनीहरुको समस्याप्रति राज्यले कुनै सुनुवाइ गरेको छैन ।
पीडित परिवारका टुहुरा छोराछोरीले छात्रवृत्तिसमेत नपाएको सहिद परिवार कृष्ण कुस्समा थारुले दुःखेसो पोख्नुभयो । ‘‘जग्गा जमिन छैन, के खाने के लाउने, कसरी छोराछोरीलाई पढाउने, हामी धेरै समस्यामा छाँै’’ थारुले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.