डा. केसी आजबाट अनशन बस्ने

0

काठमाडौं, ७ भदौ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी आज (सोमबार) बाट आमरण अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा नीतिसम्बन्धी डा. केदारभक्त माथेमा नेतृत्वको कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनको माग गर्दै उनी अनशन बस्न लागेका हुन् । दिउँसो ४ बजेदेखि उनी अनशन बस्ने भएका हुन् । प्रतिवेदन कार्यान्वयनका लागि पटक–पटक दिएको समयसीमा भित्र पनि सरकारले प्रतिवेदन कार्यान्वयनमा चासो नदेखाएको भन्दै उनी अनशन बस्ने भएका हुन् । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै यसअघि उनी पाँच पटकसम्म अनशन बसिसकेका छन् । केसीले गत साउन ८ गते सरकारलाई ६ सूत्रीय मागसहित अल्टिमेटम दिएका थिए ।

Leave A Reply

Your email address will not be published.