आपतकालीन राहतकोषको स्थापना गर्दै एनआरएन ईटालीको महाधिवेशन सम्पन्न

0

चारदिशा ।

गैर आवासीय नेपाली संघ ईटालीको आठौ वार्षिक साधारण सभा एवं चौथो महाधिबेशन २३ अगस्टका दिन  पिसा शहरमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका निवर्तमान अध्यक्ष सन्जयदेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न  उक्त साधारणसभाले  राष्ट्रिय समन्वय परिषद ईटालीको आगामी दुईवर्षे कालकालको लागि नयाँ कार्यकारी समिति चयन गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि रहेका गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद जर्मनीका सदस्य दावा गेल्जे शेर्पा तथा विशेष अतिथि ईटालीका लागि नेपाली अवैतनिक महावाणिज्यदुत पाउलो नुगारीले संयुक्त रुपले पानसमा वत्ति वालेर कार्यक्रमको समुद्घाटन गरे।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि शेर्पाले गैर आवासीय नेपालीहरु एकजुट भएर पूर्ण अधिकार सहितको दोहोरो नागरीकताको विषयमा आवज वुलन्द गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी विशेष अतिथि पाओलो नुगारीले नेपालको पुनर्स्थापनाका निमित्त सम्पूर्ण नेपालीहरु एकजुट भएर अगाडि वढ्नुपर्ने सुझाव दिँदै नेपाल ईटालीलाई जोड्ने सेतुको रुपमा आफ्नो भुमिका सदैव रचनात्मक रहनेमा विश्वस्त तुल्याएका थिए। कार्यक्रममा भुकम्प पिडितलाई राहत संकलनमा उल्लेख्य योगदान गरेका उनलाई एनआरएन ईटालीको मानार्थ सदस्यता वितरण गरिएको थियो।

कार्यक्रममा भेनिस तथा पिसावाट आएका कलाकारहरु सुस्मिता लामा, क्रान्ति बिक्रम राई ,सन्जोग गुरुङ र प्रसान्त लामा, अस्मिता तन्डुकार,सामुएल चौधरी निराजन थापा,दर्पण पुलामी  लगायतले मनमोहक नृत्व प्रदर्शन गरेका थिए।

 

11921667_1140147176013636_6565418440253136534_n

क्षेत्र कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति

साधारण सभामा निर्वाचन समितिका संयोजक रिचर्ड भण्डारीले आगामी दुई वर्षे कार्यकालका लागि पदाधिकारीहरु  निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। यस्तो छ  एनआरएन ईटालीका पदाधिकारीहरुको नामावलि

अध्यक्ष:- क्षेत्र कुमार श्रेष्ठ

उपाध्यक्ष :-  दिपेश रेग्मी

उपाध्यक्ष :-   हेम राज जोशी

महासचिब :-  राम कुमार राई

सचिब :-   रामहरी खकुरेल

कोषाध्यक्ष् :-  सीता तुलाधर

महिला प्रतिनिधि :-   माया अधिकारी

सदस्य  :- कमला चौधरी

सदस्य :-   भवानी बिडारी

सदस्य :-   दिवस रेग्मी

सदस्य :-  रंजित कुमार कार्की

अन्तरा समन्वय परिषद सदस्य:-  सन्जयदेव श्रेष्ठ

11898558_1140147586013595_6387190974643231618_n

आपतकालीन राहत कोषको स्थापना

पहिलोपटक एनआरएन ईटालीले आपतकालिन राहतकोषको स्थापना गर्ने लागेको छ। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो प्रतिवद्धता पुरा गर्दै यूरोको आपतकालिन राहतकोष स्थापनाको लागि व्यक्तिगत रुपवाट ५००० यूरो दिने घोषणा गरेका छन् । यसले आगामि दिनमा राहतकोषमा  थप रकम संकलन हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सन्जय श्रेष्ठले संस्थाको प्रगति विवरण तथा कोषाध्यक्ष रामकुमार घिसिङले आर्थिक प्रतिवेदन पेश गरेका थिए। त्यसै गरी निवर्तमान अध्यक्ष अम वहादुर पुन (लक्कु) ले स्वागत भाषण गरे भने कृष्ण सुवेदीले कार्यक्रम सन्चालन गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.