टीकापुर दङ्गा : झडपमा एसएसपी न्यौपानेसहित १९ को मृत्यु

0

धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा आन्दोलनकारी थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित १६ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । आज दिउँसो भएको झडपमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेको मृत्यु भएको हो । मृत्यु हुने अन्यमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा छन् । यसैगरी, दुईजना प्रहरी जवानको समेत झडपमा परी मृत्यु भएको बताइएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीतर्फ ११ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीतर्फ र प्रदर्शनकारीतर्फ मृत्यु हुनेको नाम खुल्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.