जग्गा कित्ताकाट खुल्यो

काठमाडौं : कृषियोग्य जग्गाको कित्ताकाट खुलेको छ । २०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुलेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन् ।

रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनालाई कोरोना संक्रमण

काठमाडौं : बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार आज आएको १६ जनाको रिपोर्ट आएकोमा छ जनामा संक्रमण पुष्टि भएको हो ।

नेकपाको स्थायी समिति बैठक आगामी शुक्रबार बस्ने

काठमाडौं : लामो समयदेखि स्थगित सत्तारुढ नेकपाको स्थायी समिति बैठक आगामी शुक्रबार बस्ने भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच आज विहान बालुवाटारमा भएको छलफलपछि स्थायी

रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति

काठमाडौं : कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न् । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका

कोरोना संक्रमणबाट विराटनगर र सिरहामा एक-एक जनाको मृत्यु

काठमाडौं : विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । भदौ ११ गते संक्रमण पुष्टि भएका उनी दश दिन होम आइसोलेसनमा बसेपछि

आज निजामति सेवा दिवस, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका

गण्डकी प्रदेशमा थपिए ६७ कोरोना संक्रमित

पोखरा : पोखराको औद्यागिक क्षेत्रमा रहेको पोखरा फुड्समा कार्यरत २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान पोखरामा थप ३१ जनमा कोरोना संक्रमण पुष्टि भएका मध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष रहेको गण्डकी स्वास्थ्य

कोरोना संक्रमणबाट बाँकेमा ५९ वर्षीय पुरुषको मृत्यु

काठमाडौं : बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको मेडिकल कलेज कोहलपुरमा गएराती मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पोजेटिभ देखिएका नेपालगन्ज उपमहानगरपालिका

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको दोस्रो स्थानमा, संक्रमित ४२ लाख नाघे

एजेन्सी : विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अमेरिकापछि भारतमा धेरै भएको छ । यसअघि ब्राजिल दोस्रो स्थानमा रहेकोमा भारतले उसलाई उछिनेको हो । अहिले भारतमा संक्रमित हुनेको संख्या ४२ लाख पुगेको छ । संक्रमणकै कारण मृत्यु हुनेको

तानियो मच्छिन्द्रनाथको रथ

काठमाडौं : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । दिउँसो ४ः५१ बजे तान्न शुरु गरिएको मच्छिन्द्रनाथको रथलाई सुस्तरीसुस्तरी तानेर आज ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटी नजिकै पुर्‍याइएको हो ।