नेकपाको स्थायी समिति बैठक आगामी शुक्रबार बस्ने

0

काठमाडौं : लामो समयदेखि स्थगित सत्तारुढ नेकपाको स्थायी समिति बैठक आगामी शुक्रबार बस्ने भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच आज विहान बालुवाटारमा भएको छलफलपछि स्थायी समिति बैठकको मिति तय भएको हो ।

प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि असार १० मा सुरु भएर साउन १३ गते चलेको नेकपा स्थायी समिति बैठक स्थगित छ । विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले विवादमा सहमति जुटाएपछि स्थायी समिति बैठक बस्ने वातावरण तयार भएको हो ।

कार्यदलको प्रतिवेदन यसअघि नै नेकपा सचिवालय बैठकले अनुमोदन गरिसकेको छ । कार्यदलको प्रतिवेदनमा ओली सरकार सञ्चालनमा केन्द्रीत हुने र दाहाल पार्टी सञ्चालनमा मुलतः केन्द्रित हुने उल्लेख छ ।

सरकारका काम थप प्रभावकारी बनाउन संघ तथा प्रदेशका मन्त्रीहरु हेरफेर गर्न पनि कार्यदलले सुझाव दिएको छ । एकता महाधिवेशन, पार्टी एकतालाई पुर्णता लगायतका विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

Leave A Reply

Your email address will not be published.