कोरोना संक्रमणबाट बाँकेमा ५९ वर्षीय पुरुषको मृत्यु

0

काठमाडौं : बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको मेडिकल कलेज कोहलपुरमा गएराती मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएका नेपालगन्ज उपमहानगरपालिका जिन्सी शाखामा कार्यरत उनी मधुमेह र मुटुका बिरामी थिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.