कोरोना संक्रमणबाट विराटनगर र सिरहामा एक-एक जनाको मृत्यु

0

काठमाडौं : विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।

भदौ ११ गते संक्रमण पुष्टि भएका उनी दश दिन होम आइसोलेसनमा बसेपछि समस्या भएर शनिवार अस्पताल भर्ना भएका थिए । हालसम्म कोरोना संक्रमणबाट विराटनगरमा १५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै गएराति कोरोना संक्रमणबाट सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । प्रदेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । सिरहामा कोरोनाबाट हालसम्म नौ जनाको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.