रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनालाई कोरोना संक्रमण

0

काठमाडौं : बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार आज आएको १६ जनाको रिपोर्ट आएकोमा छ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबैलाई ललितपुर प्रहरी परिसरमै राखिएको छ । झडपसँग सबन्धित घटनामा प्रहरीले उन्नाइस जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको छ ।

Leave A Reply

Your email address will not be published.