वामदेवलाई राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गर्ने निर्णय

काठमाडौं : सरकारले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपितसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार साँझ अबेरसम्म बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको

असोज ५ गतेदेखि लामो दूरी र आन्तरिक उडान खोल्ने सरकारको निर्णय

काठमाडौं : सरकारले असोज ५ गतेदेखि हवाई उडान र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड अपनाएर

कोरोनाबाट नेपालमा थप १५ जनाको मृत्यु, ११७० संक्रमित थपिए, ८७९ जना डिस्चार्ज

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

काठमाडौं : विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनललाई सरकारले कालो सूचिमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना प्रकाशित गरी सो कम्पनीलाई एक बर्ष कालो सूचिमा राखेको हो । कोरोना महामारीको समयमा सम्झौता

पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं : नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ । स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनमा आज कोरोना संक्रमण पुष्टि भएको हो । लामा अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । उनीसँगै निगमको वाइडबडी

शान्ति मिसनमा जान लागेका ३५ सेनामा कोरोना संक्रमण, आज विहान हुनुपर्ने उडान स्थगित

काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना गर्न लिवियामा जाने नेपाली सेनाका केही जवानमा कोरोना संक्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ । नेपाली सेनाका अनुसार शान्ति स्थापनार्थ लिविया जान लागेको

अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन

एजेन्सी : अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू भएको लकडाउनको विरोधमा मेलबर्नमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी भएका ७० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक पहिरो : मृत्यु हुनेको संख्या १३ पुग्यो

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा सात स्थित घुम्थाङको भीरखर्क र नागपूजेमा शनिवार मध्यराति आएको पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शवको पहिचान खुल्न बाँकी रहेको छ । योसँगै पहिरोमा परी मृत्यु हुनेको

कोरोना संक्रमणबाट चितवनमा ६२ वर्षीया महिलाको मृत्यु

काठमाडौं : कोरोना संक्रमणका कारण चितवनमा थप एकजना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत गैंडाकोट नगरपालिका वडा नम्बर ९ की ६२ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो । उनमा श्वास प्रस्वासको समस्या देखिएको र भदौ

भारतमा एकैदिन थपिए ९३ हजार बढी कोरोना संक्रमित

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा हिजो एकै दिन ९३ हजार २ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहा संक्रमितको संख्या ४८ लाख ४५ हजार नाघेको छ ।