भारतमा एकैदिन थपिए ९३ हजार बढी कोरोना संक्रमित

0

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा हिजो एकै दिन ९३ हजार २ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहा संक्रमितको संख्या ४८ लाख ४५ हजार नाघेको छ ।

संक्रमितमध्ये नौ लाख ८८ हजार दुई सय पाँच सक्रिय छन । संक्रमणले मृत्यु हुनेको संख्या पनि ७९ हजार ७ सय ५४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४० जनाको मृत्यु भएको छ ।

कोरोनाबाट धेरै प्रभावित देशमध्ये भारत विश्वकै दोस्रो स्थानमा छ । अमेरिकामा सबैभन्दा बढी एक लाख ९८ हजार ५ सय २० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा १ लाख ३१ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ । विश्वमा संक्रमितको जम्मा संख्या दुई करोड ९१ लाख ८० हजारभन्दा धेरै छ । मृत्यु हुनेको संख्या नौ लाख २८ हजार पुगेको छ ।

Leave A Reply

Your email address will not be published.