ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

0

काठमाडौं : विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनललाई सरकारले कालो सूचिमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना प्रकाशित गरी सो कम्पनीलाई एक बर्ष कालो सूचिमा राखेको हो ।

कोरोना महामारीको समयमा सम्झौता बमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेका कारण भदौ २८ गतेदेखि लागू हुनेगरी एक वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखिएको हो । ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो ।

ठेक्का सम्झौता अनुसार समयमा स्वास्थ्य सामाग्री नल्याएपछि स्वास्थ्य सेवा विभागको सिफारिसमा कार्यालयले कालोसुचिमा राखेको हो । कालोसूचीमा परेपछि यो कम्पनीले अब एक वर्ष सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउँदैन ।

ओम्नी समूहलाई स्वास्थ्यसेवा विभागले गत चैतमा करीब एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिदकोे ठेक्का दिएको थियो । मेडिकल सामग्री खरिदमा करोडौं रूपैयाँ अनियमितता गर्न खोजेको आरोप लागेपछि सरकारले ठेक्का खारेज गरेर ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.