पाइलट विजय लामालाई कोरोना संक्रमण

0

काठमाडौं : नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ । स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

लामा अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । उनीसँगै निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करमा पनि संक्रमण देखिएको छ ।

दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए ।

Leave A Reply

Your email address will not be published.