कागबेनीका २९ घर पूर्णरूपमा ध्वस्त
बागलुङ \ आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि…
भारतले आज ७७ औं स्वतन्त्रता दिवस मनाउँदै
एजेन्सी \ भारतले मंगलबार ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ ।
सन् १९४७ अगष्ट १५ तारिखमा बेलायती साम्राज्यको उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतले हरेक वर्ष अगष्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गर्दछ ।
स्वतन्त्रता दिवसको अवसरमा भारतभर…
गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन सुरु गर्छु : सुनिल शर्मा
काठमाडौं \ सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्नुभएको छ । आफूलाई गैरकानूनी रुपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिना शर्त तत्काल राजीनामा दिनुपर्ने उहाँको…
उपराष्ट्रपति यादव चीन प्रस्थान
काठमाडौं \ उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन…
बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन: माधव नेपाल
काठमाडौं \ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।
सोमबार युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन…
वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
काठमाडौँ \ अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय…
स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्यास छिट्टै : प्रधानमन्त्री
काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयवासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास छिट्टै गरिने बताउनुभएको छ ।
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज…
नवनियुक्त मन्त्री अनितादेवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ
काठमाडौं \ जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिनु भएको छ । साहलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराउनु भएको हो ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव,…
उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै
काठमाडौं \ उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार चीनको भ्रमणमा जानु हुने भएको छ ।
उहाँ सोमबार अपराह्न साढे ४ बजे चीन प्रस्थान गर्नुहुनेछ । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा २७ औँ चीन कुनमिङमा हुने…
कोशीमा पानीको बहाव ११ वर्ष यताकै उच्च, ५६ ढोका खोलियो
सुनसरी \ सप्तकोशी नदीमा ११ वर्षकै पानीको बहाव उच्च मापन गरिएको छ । आज बिहान ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।…