भारतले आज ७७ औं स्वतन्त्रता दिवस मनाउँदै

0

एजेन्सी \  भारतले मंगलबार ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ ।

सन् १९४७ अगष्ट १५ तारिखमा बेलायती साम्राज्यको उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतले हरेक वर्ष अगष्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

स्वतन्त्रता दिवसको अवसरमा भारतभर सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । स्वतन्त्रता दिवस कार्यक्रम हुने लालकिल्ला वरपर दश हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीस्थित लालकिल्लाबाट मंगलबार बिहान विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।

मोदी लगातार दशौं पटक स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्ने प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा विशेष घोषणा गर्नसक्ने अनुमान गरिएको भारतीय संचारमाध्यमहरुले गरेका छन् ।

Leave A Reply

Your email address will not be published.