गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन सुरु गर्छु : सुनिल शर्मा

0

काठमाडौं \ सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्नुभएको छ । आफूलाई गैरकानूनी रुपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिना शर्त तत्काल राजीनामा दिनुपर्ने उहाँको जिकिर थियो ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफूले आमरण अनसन बस्ने चेतावनी समेत दिनुभयो । त्यसपछि परिस्थिति अनुसार आफूले थप भनाई राख्दै जाने पनि सांसद शर्माले बताउनुभयो । गृहमन्त्री श्रेष्ठले आफूलाई आतंककारी जस्तो बनाएर पक्राउ गरेकाले बिना शर्त राजीनामा दिनुपर्ने उहाँको माग छ ।

सांसद शर्माले लोकतान्त्रिक मुलुकको सांसदलाई बिना पक्राउ पुर्जी पक्राउ गर्न पाईन्छ ? भनेर समेत पटकपटक प्रश्न गर्नुभयो । पक्राउ गर्ने क्रममा प्रहरीले आफूमाथि दुई, दुई पटक हातपात समेत गरेको सांसद शर्माले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.