उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै

0

काठमाडौं \  उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार चीनको भ्रमणमा जानु हुने भएको छ ।

उहाँ सोमबार अपराह्न साढे ४ बजे चीन प्रस्थान गर्नुहुनेछ । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा २७ औँ चीन कुनमिङमा हुने आयातनिर्यात मेला’ मा विशेष अतिथिको रुपमा उहाँ चीन भ्रमणमा जान लाग्नु भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनु हुनेछ।

उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटालगायत रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलो पटक विदेश यात्रामा निस्कन लाग्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.