नवनियुक्त मन्त्री अनितादेवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ

0

काठमाडौं \ जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिनु भएको छ । साहलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराउनु भएको हो ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभाका अध्यक्षसहित सरकारका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

साहलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई फिर्ता बोलाउनुभएको हो ।

Leave A Reply

Your email address will not be published.