बोलबममा छात्रछात्राको आकर्षण
साउन महिनाको सोमबार सुन्दरीजलदेखि पशुपतिनाथ मन्दिरसम्म लाग्ने बोलबम मेलामा उच्च माध्यमिक विद्यालय र स्नातक तहमा अध्ययनरत छात्रछात्राको सङ्ख्या अत्यधिक देखिएको छ ।
युवा उमेरका केटाकेटीमा साउनको सोमबार व्रत बसी शिवालयमा शुद्ध जल चढाए रोजे…
राजनीतिज्ञ देवकोटाको निधन
काठमाडौं, २५ साउन । वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
जनैखटिराका कारण दुई सातादेखि बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत उहाँलाई निमोनियाको सङ्क्रमण पनि देखिएको थियो ।
देवकोटाका…
सोमबार बिहानै भूकम्पको धक्का
काठमाडौं, २५ साउन । गोरखालाई केन्द्रविन्दू बनाएर सोमबार बिहानै भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ४ बजेर १५ मिनेट जाँदा गोरखालाई केन्द्रविन्दू बनाएर ४ दशमलव ९ म्याग्निच्युटको पराकम्पन गएको हो । गत वैशाख १२ गतेको भूकम्पपछि ४ म्याग्निच्युट…
महिलामा अझै मनोसामाजिक समस्या
बनेपा, २५ साउन । भूकम्प गएको तीन महिना बितिसक्दा पनि मनोसामाजिक समस्याले महिला पीडित भएको देखिएको छ । काभ्रेपलाञ्चोकको पाँचखालमा आइतबार सञ्चालन भएको शिविरको मनोविमर्स कार्यक्रममा करिब ३२ वर्ष माथिका अधिकांश महिलामा त्यस्तो समस्या देखिएको…
पाल्पा दरबार सङ्ग्रहालय बन्ने
पाल्पा, २५ साउन । पाल्पाको ऐतिहासिक थलो तानसेनस्थित ‘पाल्पा दरबार’ अब सङ्ग्रहालय बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले सात कर्मचारीको दरबन्दी स्वीकृत गरेपछि सङ्ग्रहालय बन्ने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाको सर्वपक्षीय भेलाले एक…
रेडक्रसको राहत गोदाममै कुहियो
फलेवास (पर्वत), २५ साउन । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा पीडित बनेका पर्वतवासीका नाउँमा नेपाल रेडक्रस सोसाइटी पर्वतलाई विभिन्न दाताबाट प्राप्त भएको लाखौं रुपैयाँ बराबरको राहत सामग्री गोदाममै कुहिने अवस्थामा पुगेको छ । समयमा वितरण हुन…
संविधान बन्ने निश्चित
काठमाडौं, २५ साउन । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराइले नेपालको संविधान, २०७२ (प्रारम्भिक मस्यौदा)लाई जनताले दिएका सुझावका आधारमा परिमार्जनसहितको प्रतिवेदन संविधानसभामा हिजो पेश गर्नुभएको छ । सभापति डा…
प्रतिवेदन संवाद समितिबाट पारित
काठमाडौं, २४ साउन । संविधानको प्रारम्भिक मस्यौदामा रहेका विवादित विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको विशेष समितिको प्रतिवेदन संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा सुझावसहित पारित भएको छ ।
संविधानको मस्यौदामाथि जनताबाट आएका राय…
एमाओवादीको बाह्रबुँदे फरक मत
काठमाडौं, २४ साउन । एकीकृत नेकपा (माओवादी) ले प्रमुख राजनीतिक दलबीच भएको नेपालको संविधान, २०७२ को प्रतिवेदन माथि १२ बुँदे फरक मत पेस गरेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा एमाओवादीले कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने…