सोमबार बिहानै भूकम्पको धक्का

0

काठमाडौं, २५ साउन । गोरखालाई केन्द्रविन्दू बनाएर सोमबार बिहानै भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ४ बजेर १५ मिनेट जाँदा गोरखालाई केन्द्रविन्दू बनाएर ४ दशमलव ९ म्याग्निच्युटको पराकम्पन गएको हो । गत वैशाख १२ गतेको भूकम्पपछि ४ म्याग्निच्युट माथिका ३ सय ७४ वटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि आइतबार हुम्लालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युटको भूकम्पसमेत गएको केन्द्रले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.