प्रधानमन्त्री कोइराला र भारतीय प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री सुशील कोइरालालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज टेलिफोन गरेर सोमबार कैलालीको टीकापुरमा भएको हिंसाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका परिवार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त…
प्रहरीले गोली लागेर गौरमा एकको मृत्यु
रौतहट, ८ भदौ । दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको रौतहटको गौर नगरपालिकामा प्रदर्शनकारीले आज अपराह्न गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजना मृत्यु भएको छ । निषेधाज्ञा तोड्दै गौर नगरपालिकामा प्रदर्शनमा उत्रिएको समूहमा प्रहरीले…
कैलाली घटनाका चार अरोपी पक्राउ
काठमाडौं, ८ भदौ । सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको…
नेपालगन्जमा निषेधाज्ञा, बर्दियामा निषेधित क्षेत्र
नेपालगन्ज, ८ भदौ । जिल्ला प्रशासन कार्यालय, बाँकेले आज दिउँसो २ बजेदेखि भोलि बिहान ६ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा पुनः निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकका अनुसार, नेपालगन्जको उत्तर राँझाको भुजई…
तीन सय मजदुरलाई खाना खुवाउन सुरु
मोरङ, ८ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विराटनगर बसर्पाकमा अलपत्र परेका ३०० मजदुरलाई मजदुर सङ्घ–सङ्गठनले सोमबार साँझदेखि खाना खुवाउन सुरु गरेको छ । नेपालका विभिन्न ठाउँबाट गाडी लिएर आएपछि गन्तव्यतर्फ…
टीकापुर घटना राजनीतिक हुनै सक्दैन
काठमाडौं, ८ भदौ । प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा हिजो भएको घटनालाई राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका छन् । टीकापुरमा भएको घटनाको समीक्षा गर्न संविधानसभा भवन नयाँ बानेश्वरमा आज साँझ बसेको तीन दलका शीर्ष नेताको…
दुई वटा प्रहरी बिट जलाइयो
गौशाला, ८ भदौ । प्रादेशिक सीमाङ्कनको विरोधमा विगत ११ दिनदेखि आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई वटा प्रहरी बिट जलाएका छन् । दर्जनौंको सङ्ख्यामा रहेका मोर्चाका…
कांग्रेस-एमालेको हठका कारण टिकापुर घटना : सभासद चौधरी
एमाओवादी सभासद गौरीशंकर चौधरीले कांग्रेस र एमालेको हठका कारण कैलालीको टिकापुरमा विरोध प्रदर्शन हिंस्रक बनेको बताएका छन् । ईमेज एफएमसँग मंगलबार बिहान कुरा गर्दै कैलाली–४ का सभासद चौधरीले शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि स्थिती…
आन्दोलनमा घुसपैठ : थारू नेताहरू
काठमाडौं ८ भदौ । थारू नेताहरूले सोमबारको कैलाली घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनीहरूले आन्दोलनमा घुसपैठ भएको स्वीकार्दै शान्तिपूर्ण आन्दोलनको पक्षमा आफ्नो प्रतिबद्धता जनाएका छन् । दुई सातादेखि जारी थरुहट संघर्षलाई बेवास्ता गर्दै मुख्य…
आपतकालीन राहतकोषको स्थापना गर्दै एनआरएन ईटालीको महाधिवेशन सम्पन्न
चारदिशा ।
गैर आवासीय नेपाली संघ ईटालीको आठौ वार्षिक साधारण सभा एवं चौथो महाधिबेशन २३ अगस्टका दिन पिसा शहरमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका निवर्तमान अध्यक्ष सन्जयदेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले राष्ट्रिय…