दुई वटा प्रहरी बिट जलाइयो

0

गौशाला, ८ भदौ । प्रादेशिक सीमाङ्कनको विरोधमा विगत ११ दिनदेखि आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई वटा प्रहरी बिट जलाएका छन् । दर्जनौंको सङ्ख्यामा रहेका मोर्चाका कार्यकर्ताले जलेश्वरको मटिहानी चोक र बखरी चोकमा रहेको प्रहरीका बिट जलाएका हुन् । आज बिहान ५ बजेको समयमा गरिएको सो आगजनीबाट दुवै बिट पूर्णरुपमा जलेर नष्ट भएको छ । आन्दोलनकारीले जलेश्वरको दुई वटा प्रहरी बिटमा आगजनी गरेपछि जलेश्वरको अन्य चोकमा स्थानीय प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ । त्यस्तै आज बिहानैदेखि जलेश्वरमा गाउँगाउँबाट आन्दोलनकारीको समूह आउने क्रम बढ्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.