गोली लागेर वीरगन्जमा ४ र कलैयामा १ को मृत्यु
वीरगन्ज, १५ भदौ । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मंगलबार ४ जनाको मृत्यु भएको छ । लक्षमनवायमा कर्फ्यु तोड्दै उत्रिएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्नेक्रममा प्रहरीको गोली लागि…
खुँडा बोकेका चारजना पक्राउ
काठमाडौं, १५ भदौ । सार्वजानिक स्थानमा खुँडा (धारिलो हतियार) बोकेर हिँडेको अवस्थामा गएराति प्रहरीले चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीका अनुसार दोलखा घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका अर्जुन नेपाली, कात्यानी चोक बस्दै आएका १६…
मानव बेचबिखनविरुद्ध साताव्यापी अभियान सुरु
इलाम, १५ भदौ । मानव बेचबिखनविरुद्धको नवौँ राष्ट्रिय दिवसको अवसर पारेर सोमबारदेखि इलाममा मानव बेचबिखनविरुद्ध साताव्यापी सचेतना अभियान सुरु गरिएको छ । माइती नेपाल पशुपतिनगर, मानव बेचबिखनविरुद्धको जिल्ला कार्यदल, महिला बालबालिका कार्यालय र…
सप्तरीमा लगातार १८ दिनदेखि बन्द
सप्तरी, १५ भदौ । सप्तरीमा लगातार १८ दिनदेखिको बन्दका कारण यहाँका जनजीवन अस्तव्यस्त भएको छ । जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक सङ्घसंस्थालगायतको सबै ठप्प रहेको बताइएको छ । बन्दका कारण दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेपछि…
कलैयामा विहानै देखि तनाव
बारा, १५ भदौ । बाराको कलैयामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि तनाव भने कायमै छ । कलैयामा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ अवस्थामा रहेका छन् । आन्दोलनकारीहरुले बिहानैदेखि कलैयाका चोक चोकमा बसेर प्रदर्शन सुरु गरेका छन्…
वीरगन्जमा भिडन्त १५ गम्भीर घाइते
पर्सा, १५ भदौ । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार दिउँसो ४ बजेबाट लगाएको कर्फ्यु…
एमाले पार्टी कार्यालयमा तोडफोड
महोत्तरी, १४ भदौ । अठार दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेकपा (एमाले) महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयबाट…
डा. गोविन्द केसीको अवस्था चिन्ताजनक
काठमाडौं, १४ भदौ । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठको नेतृत्वमा गएको समितिका सदस्यको टोलीले आज आमरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै…
वीरगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन
वीरगन्ज, १४ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका सोमबार क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको छ । स्थानीय प्रशासनले सोमबार दिउँसो ४ बजेदेखि वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश…
केसीसँग भेटघाट
सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठ चिकित्सा शिक्षा सुधारको माग गर्दै छैटौँ पटकको आठौँ दिन शिक्षण अस्पतालमा अनशन बसिरहनु भएका डा गोबिन्द केसीसँग भेटघाट गर्नुहुँदै ।