कलैयामा विहानै देखि तनाव

0

बारा, १५ भदौ । बाराको कलैयामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि तनाव भने कायमै छ । कलैयामा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ अवस्थामा रहेका छन् । आन्दोलनकारीहरुले बिहानैदेखि कलैयाका चोक चोकमा बसेर प्रदर्शन सुरु गरेका छन् ।
बाराको भरतचोकमा पनि आन्दोलनकारी लाठीसहित बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । उता, संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द आज १८ औं दिनमा पुगेको छ । बन्दका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बन्दै आएको छ । आन्दोलनका क्रममा दिनहुँ हुने प्रदर्शन र बन्दले गर्दा यि जिल्लामा यातायातको साथै कलकारखाना, बजार, शैक्षिक संस्थाहरु समेत ठप्प बनेका छन् ।

Leave A Reply

Your email address will not be published.