वीरगन्जमा भिडन्त १५ गम्भीर घाइते

0

पर्सा, १५ भदौ । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार दिउँसो ४ बजेबाट लगाएको कर्फ्यु मंगलबार(आज) पनि जारी राखेको छ ।
तर आन्दोलनकारीले कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शन सुरु गरेका छन् । आन्दोलनकारीले पर्साको लक्ष्मणवा चोक, गण्डक, मुर्ली, छपकैंयालगायतका स्थानमा प्रदर्शन गरेका छन् ।
यी ठाउँहरुमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । झडपमा परी आज १५ जना आन्दोलनकारी घाइते भएका छन् ।
यसअघि सोमबार भएको प्रदर्शनमा एक जनाको मृत्यु हुनका साथै २३ जना आन्दोलनकारी घाइते भएका थिए । वीरगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यसअघि कर्फ्युकै समयमा सोमबार राती पनि आन्दोलनकारीले वीरगन्जका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । वीरगञ्जमा सोमबार देखि चर्किएको प्रदर्शनको क्रममा स्थानीय दीलिप चौरसियाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.