खुँडा बोकेका चारजना पक्राउ

0

काठमाडौं, १५ भदौ । सार्वजानिक स्थानमा खुँडा (धारिलो हतियार) बोकेर हिँडेको अवस्थामा गएराति प्रहरीले चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीका अनुसार दोलखा घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका अर्जुन नेपाली, कात्यानी चोक बस्दै आएका १६ वर्षीय बिशाल महर्जन, धनकुटा घर भई काठमाडौं बस्दै आएका १६ वर्षीय शिव याख्खा र धादिङका १६ वर्षीय भिम तामाङलाई खुँडासहित नियन्त्रणमा लिइएको हो । भिमसेनगोला सडकखण्डमा खुँडा लिएर हिडिरहेको अवस्थामा गएराति ९ बजे उनीहरुलाई महानगरीय प्रहरी बृत बानेश्वरले नियन्त्रणमा लिएको हो ।

Leave A Reply

Your email address will not be published.