कैलालीको जनजीवन सामान्य बन्दै
कैलाली, २२ भदौ । कैलालीको धनगढी र टीकापुर नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु केही खुकुलो पारेसँगै जनजीवन सामान्य बन्दै गएको छ । कर्फ्यु बाहेकका समयमा बजारमा स्थानीयको चहलपहल समेत बढेको छ । स्थानीय प्रशासनले मंगलबार धनगढीमा…
विधेयकमाथि आजबाट छलफल
काठमाडौं, २२ भदौ । सविधानसभाले आजदेखि संविधान विधेयकमाथि दफाबार छलफल शुरु गर्दैछ । संविधान निर्माणको निर्णायक र अन्तिम छलफलका लागि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार संविधानसभाको बैठक आह्वान गरेका छन् । बैठकमा संविधान…
तीर्थालुको व्यानरमा सात सय लिटर मदिरा
गौर, २१ भदौ । रौतहटमा तीर्थ यात्राको व्यानर लगाएका दुई वटा गाडीबाट प्रहरीले झण्डै सात सय लिटर घरेलु मदिरा बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ बोलबम तीर्थयात्राको व्यानर लगाएर जाँदै गरेको ना५ख ६२६३ नम्बरको गाडीबाट झण्डै पाँच सय लिटर र…
भारतमा चट्याङ लागेर ३२ जनाको मृत्यु
काठमाडौं, २१ भदौ । भारतका पूर्वी तटीय प्रान्तहरु उडिसा र आन्ध्र प्रदेशका विभिन्न स्थानमा चट्याङ लागेर कम्तिमा ३२ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशमा मात्र २३ जनाको मृत्यु भएको पुष्टि भएको छ । चट्याङ लागेर उडिसा राज्यमा ९ जनाको मृत्यु भएको…
काँग्रेस पार्टी कार्यालयमा आगजनी
जनकपुरधाम, २१ भदौ । प्रादेशिक सीमाङ्कनको विरोधमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो ४ बजे जनकपुर उपमहानगरपालिका–४ स्थित नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको कार्यालयमा आगजनी गरेका छन् ।
सयौँको सङ्ख्यामा रहेको…
तीर्थालु सवार बस दुर्घटना, छको मृत्यु
गजुरी, २१ भदौ । बाह्रबर्से गोदावरी मेला भरेर फर्किएका तीर्थालु सवार बस आज साँझ धादिङको जीनवपुर गाविस–५ च्यूरीमोडमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुको सनाखत भएको छैन । बीस भन्दा बढी घाइतेलाई थप उपचारका लागि राजधानीको…
‘संविधान अहिले बनेन भने कहिल्यै बन्दैन’
काठमाडौं, २१ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले डर, धम्कीले निकास नदिने भन्दै असन्तुष्ट पक्षलाई बार्ताबाटै समाधान खोज्न आग्रह गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित ३६औं…
राप्रपा अध्यक्ष मै हुँ : राणा
भक्तपुर, २१ भदौ । विभाजनको संघारमा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाले ‘पार्टीको वैधानिक अध्यक्ष आफू नै’ भएको दाबी गरेका छन् । रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा उनले ‘लोकेन्द्रबहादुर चन्द पक्षले…
नास्टको ३६ औं प्राज्ञ सभा
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ३६ औं प्राज्ञ सभामा नास्टका कूलपति एवं प्रधानमन्त्री सुशील कोइरालालगायत नास्टका प्राज्ञहरु ।
टाँगामा बिरामी
बन्दको कारणले सवारी साधन नचलेपछी टाँगामा बिरामी बोकेर सदरमुकाम तौलिहवा स्थित अस्पतालमा ल्याउँदै दक्षिणी भेगका स्थानीय ।