विधेयकमाथि आजबाट छलफल

0

काठमाडौं, २२ भदौ । सविधानसभाले आजदेखि संविधान विधेयकमाथि दफाबार छलफल शुरु गर्दैछ । संविधान निर्माणको निर्णायक र अन्तिम छलफलका लागि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार संविधानसभाको बैठक आह्वान गरेका छन् । बैठकमा संविधान विधेयकमाथि परेका ५६ संशोधन प्रस्ताव क्रमैसँग प्रस्तुत भएपछि संशोधन र विधेयकका दफामा एकमुष्ट छलफल हुने छ । सभाध्यक्ष नेम्वाङले संशोधनकर्ता सभासदलाई आफ्नो संशोधन पेश गर्न ७ मिनेट र छलफलमा भाग लिने सभासदलाई ५ मिनेट दिने तयारी गरेका छन् ।
संविधानसभाको बैठक तीन घन्टाका लागि पर सारिएको छ । आज बिहान ११ बजेका लागि तोकिएकामा प्राविधिक कारण दिउँसो २ बजे बस्ने गरी बैठक सारिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभएको छ । संविधानसभामा आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि दफावार छलफल हुने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.