‘संविधान अहिले बनेन भने कहिल्यै बन्दैन’

0

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले डर, धम्कीले निकास नदिने भन्दै असन्तुष्ट पक्षलाई बार्ताबाटै समाधान खोज्न आग्रह गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित ३६औं प्राज्ञसभामा बोल्दै प्रधानमन्त्री कोइरालाले हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण बाटोबाटै समस्याको समाधान खोज्न आग्रह गरे ।
उनले अधिकतम् सहमतिमा संविधान बन्न लागेको भन्दै अहिलेको अवस्थामा पनि संविधान बन्न नसके कहिल्यै नबन्ने भएकाले शान्ति र स्थायित्वका लागि सबैले सहयोग गर्नुपर्ने स्पष्ट पारे । प्रधानमन्त्री कोइरालाले विज्ञान प्रविधि क्षेत्र समयानुकुल अघि बढ्न नसकेको भन्दै कृषि, हाइड्रोपावर तथा प्राकृतिक स्रोत–साधनको उपयोगमा वैज्ञानिक विकास हुन नसकेको गुनासो गरे । उनले नेपालमा राम्रा वैज्ञानिक उत्पादनमा अग्रसर हुन प्रतिष्ठानलाई आग्रह पनि गरे ।

Leave A Reply

Your email address will not be published.