तीर्थालुको व्यानरमा सात सय लिटर मदिरा

0

गौर, २१ भदौ । रौतहटमा तीर्थ यात्राको व्यानर लगाएका दुई वटा गाडीबाट प्रहरीले झण्डै सात सय लिटर घरेलु मदिरा बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ बोलबम तीर्थयात्राको व्यानर लगाएर जाँदै गरेको ना५ख ६२६३ नम्बरको गाडीबाट झण्डै पाँच सय लिटर र ना३ख ५५३९ नम्बरको गाडीबाट झण्डै दुई सय लिटर घरेलु मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।
अवैध सालको काठ बरामद
प्रहरीले गएराति रौतहटको कनकपुरबाट रु १० लाखभन्दा बढी मूल्यको अवैध सालको काठ बरामद गरेको छ । जिल्लाको कनपुर गाविसको सुरनार डिह टोलमा लुकाइछिपाइ राखिएको अवस्थामा सो मूल्य बराबरको काठ बरामद गरिएको हो ।

Leave A Reply

Your email address will not be published.