कैलालीको जनजीवन सामान्य बन्दै

0

कैलाली, २२ भदौ । कैलालीको धनगढी र टीकापुर नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु केही खुकुलो पारेसँगै जनजीवन सामान्य बन्दै गएको छ । कर्फ्यु बाहेकका समयमा बजारमा स्थानीयको चहलपहल समेत बढेको छ । स्थानीय प्रशासनले मंगलबार धनगढीमा मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म कर्फ्यु जारी गरेको छ भने टीकापुरमा विहान ६ बजेदेखि ११ बजेसम्म कर्फ्यु खुला गरेको छ ।
धनगढीमा कर्फ्युमा खुकुलो भएसँगै शैक्षिक संस्था, बजार र यातायात सञ्चालनमा आएका छन् । धनगढीमा कर्फ्यु रहे पनि सेनाको उपस्थिति भने हटाइएको छ । उता, टीकापुरमा कर्फ्युकै समयमा पनि प्रशासनले स्थानीयलाई सामान्य हिँडडुलमा रोक लगाएको छैन । टीकापुर बाहेकका अन्य केही गाविसमा भने कर्फ्यु जारी छ । तर त्यसले स्थानीयको जनजीवनमा कुनै प्रभाव पारेको छैन ।
उता, थरुहट संघर्ष समितिको गत साउन २६ गतेदेखि जारी आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायतका जिल्ला अझै प्रभावित रहेका छन् ।

Leave A Reply

Your email address will not be published.