असोज ३ मा आउनेभो संविधान

काठमाडौं, २८ भदौ । नेपालको संविधान, २०७२ आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी गरिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई संविधान जारी गर्ने समारोहमा सहभागी हुन निमन्त्रणा लिएर…

नेविसंघको ध्यान पार्टी कार्यालयमा

काठमाडौँ, २८ भदौ । नेपाल विद्यार्थी सङ्घले आन्दोलनका नाममा तराईका विभिन्न जिल्लामा नेपाली काँग्रेस पार्टी कार्यालयहरुमा भएको तोडफोड घटनाप्रति भत्र्सना गरेको छ । नेवि सङ्घले आज एक विज्ञप्ति जारी गर्दै धनुषा, महोत्तरी, सुनसरी र सप्तरी…

दीप प्रज्वलन गर्दै

राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा द्वन्द्वमा परी मृत्यु भएका बालबालिकाको सम्झनामा आज त्रिभुवन विमानस्थल बाहिर रहेको स्तम्भमा दीप प्रज्वलन गर्दै महिला बालबालिका मन्त्री निलम के.सी. ।

बृहत सद्भाव -याली

शान्ती र सद्भाव कायम राख्न भन्दै लोकतान्त्रिक थारु सङ्घले दाङको सदरमुकाम घोराहीमा निकालेको बृहत सद्भाव -याली ।

असोज ४ मा नयाँ संविधान

काठमाडौं, २८ भदौ । संविधानसभाले नेपालको संविधान २०७२ को धारा १ र २ लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले धारा १ र २ मा कसैको पनि संशोधन नपरेकाले यसलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । संविधानसभाले सर्वसम्मत…

श्रीमतीको हत्या

दमक, २७ भदौ । झापाको तोपगाछीमा एक जनाले आफ्नै श्रीमतीको गए राति हत्या गरेको आरोप लगाइएको छ । तोपगाछी–८ स्थित प्रहरी चौकीसँगै घर भएका पर्शुराम रिजालले अन्दाजी ४० वर्षीया श्रीमती दुर्गालाई प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको महिला…

सोलारले दुई बालकको ज्यान लियो

कालीकोट, २७ भदौ । मोबाइल चार्ज गर्ने क्रममा सोलार ब्याट्री पड्किँदा दुईजना बालकको ज्यान गएको छ । मृत्यु हुनेमा मेहलमुडी गाविस– २ का पदमनाथ योगीका १४ वर्षीय छोरा सनेशनाथ योगी र सोही ठाउँका हरिनाथ योगीका १५ वर्षीय छोरा माननाथ योगीको मृत्यु…

ट्रकको ठक्करबाट तीनको मृत्यु

तिलोत्तमा (रुपन्देही), २७ भदौ । भैरहवाबाट सुनौलीतर्फ जाँदै गरेको युपी५३पी ८३०९ नंको भारतीय ट्रकले शनिबार राति विपरीत दिशाबाट आउँदै गरेको लु१०प २५२३ नंको मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक पाल्पा…

प्रक्रिया अघि बढाउने काँग्रेसको निर्णय

काठमाडौँ, २७ भदौ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले असन्तुष्ट दलहरु वार्तामा नआएपछि संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले असन्तुष्ट दलले वार्तामा बस्न…